मुख्य पृष्ठ

Sunday, February 24, 2013

गजल - अश्मी जी एम -उन्ले सोधे मेरो बारे मर्यो भन्दिनु है


गजल:-




उन्ले सोधे मेरो बारे मर्यो भन्दिनु है

तिम्रै कारण उस्ले प्राण हर्यो भन्दिनु है|१|

तिम्रो पिरतीमा भाँजो हाल्ने पापी

साँढे सातको दशा अब टर्यो भन्दिनु है|२|

गजल - शान्ति पाख्रीन - सक्छौ भने मेरो माया मारेर हेर

गजल :-




सक्छौ भने मेरो माया मारेर हेर 

जिते पछी खुसी हुन्छ हारेर हेर  |१ |


ठुलो घर बस्छौ र त घमण्ड गर्छौ

सक्छौ झुपडीमा बास सारेर हेर  |२|

गजल -६६ -कुरा गर्ने मन त् थियो तिम्रो फुर्सद् हुन्न रैछ


गजल-



कुरा गर्ने मन त् थियो तिम्रो फुर्सद् हुन्न रैछ
 तिम्रो छायाँ दिल भित्र पखालेर धुन्न रैछ |१|


ढुंगा माटो बराबरी राम्रो घर बनाउन
 पहिरो नै चले पनि तिम्रो मन रुन्न रैछ |२|

गजल -राज अविरल (यात्री )-आफ्नो भाग्य आफ्नै आधारमा खोज्नू


गजल:-




आफ्नो भाग्य आफ्नै आधारमा खोज्नू
जीत हुन्छ पक्कै र त हारमा खोज्नू   ।१।

पिंढा संगै खेल्ने  बानी भए देखि
कता कता छोयो तिनै मारमा खोज्नू ।२।

गजल - प्रभा आचार्य -सारँगीको धुनसँगै रुन्छ गाइेने दाइ


गज़ल "गाइेने दाइ"        




सारँगीको  धुनसँगै   रुन्छ गाइेने दाइ

मनको ब्यथा रित्त्याएर धुन्छ गाइेने दाइ |1|

मेचीकाली,पूर्व पश्चिम,जोडी सिमा, साँध 

तार रेट्दै देशको ब्यथा गुन्छ गाइेने दाइ |2|

गजल -टिका खड्का (राष्ट्रप्रेमी)-हिजोआज मुटु भित्र एउटी परी पसेकी छिन्

****गजल****
.




हिजोआज  मुटु भित्र  एउटी परी  पसेकी छिन् 
मेरो मनको  मझेरीमा मुस्कुराउँदै बसेकी छिन्  |1|

.
म के बयान  गरु उनको  यी गजलका  सेरहरुमा ,
लाग्छ उनी स्वर्ग बाट यो धरतीमा खसेकी छिन् |2|


गजल :-अप्ठेरोमा परें भने थाम्नु हात मेरो


गजल :-अप्ठेरोमा परें  भने थाम्नु   हात मेरो





सातै जन्म हुनु है त तिमी साथ मेरो

अप्ठेरोमा परें  भने थाम्नु   हात मेरो।१।


जुनी जुनी बाँच्छ माया समर्पण भए

साँच्चै हो यो तिमी पनि मान बात मेरो।२।

लघु कथा - एक भारी






लघुकथा- एक भारी 

- राज अबिरल यात्री




खलंगा बजार पुग्नु अघिको अन्तिम बिसौनी चौतारीमा पिठ्यू भरी बोकेर ल्याएको भारी बिसाएर बिरसराले अाफुले बिहान भरी छिचोलेर आएको बाटो नियाली पसिना पुछेर उफ् गर्दै । पहिले पहिले घाम खलंगा बजारको अाधा भागमा नलाग्दै उ यहाँ आइ  पुग्थी, आजकल पुरै बजारमा घाम लागिसकेको छ । समय उसलाई यति बज्यो थाहा छैन तर ढिलो छिटो उ घाम हेरेरै अड्कल काट्छे । 

गजल -अज्ञात पाल्पाली -म राजा हुँ रानी तिमी

गजल:-


यी आँखाका नानी तिमी
म राजा हुँ रानी तिमी  |१|

पीडा सबै आफै लिन्छौ
सबै भन्दा ज्ञानी तिमी|२|

गजल -राज अबिरल यात्री-सदस्य देखि संसद बिक्री हुन्छन्

गजल :- 


देशमा बिभिन्न यि पद बिक्री हुन्छन् ।
सदस्य देखि  संसद बिक्री हुन्छन् ।।

एकै नासे पाउनु हुन्न छान्नलाई । 
होचो अनि अग्लो कद बिक्री हुन्छन् ।।

गजल - बुद्धि मोक्तान-चल्ने हुरी चल्दै गरोस् शान्ति नभड्कीयोस्

गजल:-



आकाश गर्जे गर्जोस् अब बन्दुक नपड्कीयोस्
चल्ने हुरी चल्दै गरोस् शान्ति नभड्कीयोस्   |१|

कती बस्नु बेखुशीमा  रोपौ  खुशी अब 
त्यो खुशीको हलो फाली कतै नअड्कीयोस्  |२|

गजल -रजअविरल यात्री -आज भोलि यो देशको शिक्षामा व्यापार हुन्छ

  गजल:-







आज भोलि यो देशको शिक्षामा व्यापार हुन्छ ।
आयोग र नियोगको परिक्षामा व्यापार हुन्छ ।।

कहाँ पुगेको छ भनेकै ठाँउमा ति सहयोग ।
दाताको अनुदान अनि भिक्षामा व्यापार हुन्छ ।।

Saturday, February 23, 2013

गजल -पोस्ट राज चापागाईं -छन्द - राज

हाम्रा आदरणीय गुरु पोस्ट राज चापागाई 

सरले कोर्नु भएको नया छन्दको जन्म र

 प्रयोग पढ्न नभुल्नु होला |

,,,,गजल,,,,


अभिशाप जस्तो सपना छ यौटै...
बरबाद भा'को घटना छ यौटै...

मझधारमा त्यो प्रितको छ नाउ
कसरी उतार्ने ? बहना छ यौटै...

गजल-दलबीर सिंह बराइली (घायल ) -खुशीको दियो निभाई गयौ बल्दैछ जिन्दगी

आदरणीय गजल गुरु  दलबीर सिंह बराइली (घायल )  सरको जिन्दगीको बारेमा लेखिएको गजल पढ्न नभुल्नु होला |
            गजल:-

खुशीको दियो निभाई गयौ बल्दैछ जिन्दगी 
कहिल्यै सोच्यौ कसरी मेरो चल्दैछ जिन्दगी 

तड्पिदै बित्छ हरेक रात सिरानी भिजाई 
आशाको मुना मरेर त्यसै ढल्दैछ जिन्दगी 

गजल - कल्पना अवस्थी -दिनभरी काम गर्दा साँझ खाने माम छैन

गजल ‍‍‍---कलपना अवस्थी






दिनभरी काम गर्दा साँझ खाने माम छैन
माम किन्न पनि हेर खल्तीभित्र दाम छैन  |१|

बत्ती बिना अन्धकारमा चलि रा'छ रातहरु
एसो दिए जस्तो गर्छ, प्राधीकरणको काम छैन |२|

गजल -५५-आउन माया बसौ संगै दिउसै रात परे जस्तो

मेरो आजको गजल -५५





आउन माया बसौ संगै दिउसै रात परे जस्तो
तातो रगत् उम्लिएर नसा नसा सरे जस्तो |१|

हेर्दा हेर्दै मंत्रमुग्ध  अनुहार लाल भयो
तिमि लाई हेर्ने चाह पग्लिएर झरे जस्तो |२|

गजल - आचार्य प्रभा -किन होला आज भोली खबर उस्को आउँन छाड्यो"

( गजल ) "किन होला आज भोली खबर उस्को आउँन छाड्यो"






( गजल )                       आचार्य प्रभा 

किन होला आज भोली खबर उस्को आउँन छाड्यो
यो मनले उस्को माया अनायसै पाउँन छाड्यो ।

भन्ने गर्थ्यो उस्ले  मलाई तिम्रो साथ प्रिय छ है
शब्द मात्र ताजा रह्यो छाँया सम्म छाउँन छाड्यो ।

गजल -भक्ति प्रसाद पौडेल -व्यर्थको काममा पो जुटियो हजुर !

आदरणीय  गुरु भक्ति सरले कोर्नु भएको मिठो गजल पढ्न नभुल्नु होला |

                गजल:-


व्यर्थको काममा पो जुटियो हजुर !
सर्वस्व लुटुन्जेल सुतियो हजुर !

आन्दोलन गरियो ज्यान माया मारेर
अधिकार बिचैमा लुटियो हजुर !

गजल -कृष्ण के श्रेष्ठ -षड्यन्त्र सबैको सफल भेटियो

 कृष्ण के . श्रेष्ठ "काल्स"   द्वारा लिखत गजल 

षड्यन्त्र सबैको सफल भेटियो
मान्छे हरु बेच्ने पसल भेटियो |

जो चप्पल लगाएर हिड्ने गर्थे
शहरमा उसैको महल भेटियो |

गजल - बसु श्रेष्ठ -आशा सबै टुट्यो आज

 गजल- बसु श्रेष्ठ 




आशा सबै टुट्यो आज
साथ तिम्रो छुट्यो आज |१|

माया प्रेम बिश्वास को
शिशा जस्तै फुट्यो आज |२ |