मुख्य पृष्ठ

Sunday, February 24, 2013

गजल - अश्मी जी एम -उन्ले सोधे मेरो बारे मर्यो भन्दिनु है


गजल:-




उन्ले सोधे मेरो बारे मर्यो भन्दिनु है

तिम्रै कारण उस्ले प्राण हर्यो भन्दिनु है|१|

तिम्रो पिरतीमा भाँजो हाल्ने पापी

साँढे सातको दशा अब टर्यो भन्दिनु है|२|

खुन सँग पैसा साँटे पैसा सग बैश उन्ले

यस्तै के के सोची बाच्न डर्यो भन्दिनु है|३|

एका पट्टि धन पायौ अर्को तिर नाठो

तिम्लाई त अपुताली पर्यो भन्दिनु है |४|



नाना थरी हल्ला सुनि बाध्य बनि कठै


जाँड धोकी छत बाट झर्यो भन्दिनु है |५ |



के कसरी किन कैले सोधे भने उस्ले


के था मात्र आत्मा हत्या गर्यो भन्दिनु है |६|


अश्मी  जी एम 
पोखरा नेपाल 

No comments: