मुकत्क :-१
नआतिनु कैले पनि पर्छ मान्छे दुखमा
नमातिनु कैले पनि भयो भने सुखमा ||
पुगिन्छ है लक्ष्य सामु बेसै होला पर्खनु
जति माथि गए पनि आखिर मृत्यु मुखमा ||
मुक्तक:- २
मारेर के लान्छौ तिमि कति ! कृतघ्न बन्यौ आज
म जिउदै मरी सके किन ! खाल्टो खन्यौ आज ||
कति बिन्ति चढाए थे पाउमा अझै परि रहे
लत्याएर फाल्यौ अझै विषादीमा गन्यौ आज ||
मुक्तक :-३
मैले माया गर्छु भन्ने कुरा मात्रै
जब बिहे गर्छु दिलमा छुरा मात्रै ||
कत्ति देखे यहाँ नारी थरी थरी
मुखमा माड छैन हातमा चुरा मात्रै ||
संजय कुमार खड्का
रामेछाप देउराली -८
हाल :- साउदीअरब
No comments:
Post a Comment