मुख्य पृष्ठ

साहित्य संगम

Showing posts with label साहित्य. Show all posts
Showing posts with label साहित्य. Show all posts

Sunday, February 24, 2013

लघु कथा - एक भारी






लघुकथा- एक भारी 

- राज अबिरल यात्री




खलंगा बजार पुग्नु अघिको अन्तिम बिसौनी चौतारीमा पिठ्यू भरी बोकेर ल्याएको भारी बिसाएर बिरसराले अाफुले बिहान भरी छिचोलेर आएको बाटो नियाली पसिना पुछेर उफ् गर्दै । पहिले पहिले घाम खलंगा बजारको अाधा भागमा नलाग्दै उ यहाँ आइ  पुग्थी, आजकल पुरै बजारमा घाम लागिसकेको छ । समय उसलाई यति बज्यो थाहा छैन तर ढिलो छिटो उ घाम हेरेरै अड्कल काट्छे । 

Friday, February 22, 2013

उपन्यास -अन्तिम् भेट-

अन्तिम् भेट

२०६१ साल असार महिनाको ४गते दिन् थियो । नेपाली समय अनुसार घडीको सुइ सूस्त सूस्त गतिमा सर्दै थियो मानौ ११ वज्ने तर्खरमा .. काठमाण्डौ वाट झापाको गौरीगंज सम्म जानको लागि यात्रु लिएर आएको तिलंगा यातायात सेवाको ना। २ख ७६८१ नक्वरको वस् हेटौडा वजारको शिववुवा आयलस्टनस्रमा आएर रोकीयो । मेरो डियूटी हेटौडा बाट गौरीगंज सम्मको भएकोले । शिववुवा आयलस्टोर्शमा डियूटी बुझ्नको लागि केही तयार भएर वसिरहेको थिएँ । कति वेला साथी हेटौडा निवाशी बुद्धी लामाले वसलिएर आउँनु हुन्छ .. र म यहाँ वाट लिएर जाउला । जव साथी बुद्धीलामाले परैवाट हरन वजाउँदै वस लिएर आएर आयलस्टोर्शमा तेल भरेर सकिने साथ मलाई डियूटी बुझाए । मैले साथी वुद्धी लामालाई धन्यवाद दिएँ त्यो दिन अरुदिन्को अनुपातमा निक्कै चाडै हेटौडा आएर मलाई डियूटी बुझाएकोमा । वसमा हुनुभएको सम्पूण यात्रीवर्गहरुलाई स्रद्धा पूर्वक नमस्कार गरेर वावा विश्कर्मालाई मन देखीनै दर्शन गर्दै आफ्नो यात्रा अगाडी वढाएँ । हेटौटा वजार कट्नासाथै कर्राको पूल तरेर उकाली लाग्नु अघिनै दायाँ पट्टी रहेको सानो पशुपति मन्दीर तिर फर्केर हरन वजाउँदै भने हे परमेश्वर हामी सबैको यात्रा सफल रहोस । पशुतिनाथलाई विन्ती गरेर गन्तव्य पच्छा्याउँ थिएँ । भाइ कविन्द्रले मलाई असाध्यै मन पर्ने क्यासेट लगाइसकेछन् । भाई कविन्द्रलाई स्यावासी दिएँ मेरो मनको कुरा पहिलेनै बुझेकोमा । वस्को सीटमा आरामसाथ बस्नुभएको यात्रीहरु मलाई हेर्दै हुनुहुन्थ्यो सायद पहिले पहिलेपनि मैले चलाएको वस्मा यात्रा गर्नु भएर होला । हेटौडा वाट वाट यात्रा सुरुगरेको १० मिनेट पनि नहुदैं वारा र मकवान पूरको सिमानामा अवस्थीत चुरियामाइ भगवतिलाई दर्शन गरेर ओरालो लाग्दा साँच्चै आनन्द र स्फूर्ती वढेको अनुभुति भइरहेको थियो । वाराजिल्लाको अमलेखगंज कटे लगत्तै दायाँ वायाँ हरीयोवन विचमा सानदार सडक बसको गति संगै बहेको हावा शरीरको पसिना सुकाईदंदा भारी र गरुङोपन भागेर कता गयो कता… वारा जिल्लाको आदाभार चेकपोष्टमा पूगेर बस रोकी दिएँ त्यहाँ सुरक्षामा खटिनु भएको सुरक्षाकर्मिले चेक गर्नु भयो संकटकाल लगाएकोले हरेक चेकपोष्टमा यात्रीलाई ओरालेर चेक गराउँनु पर्ने नियम् भए पनि मैले चलाएको तिलंगा यायायात सेवाको वसमा यात्रा गर्नुहुने यात्रीलाई हरेक चेकपोष्टमा ओरालेर चेक गराउँनु पर्दैन्थ्यो यो कम्पनीको वस नेपाल आर्मीका भुत पूर्व जर्नेल र वहाल वाला मिलेर खोलेको कम्पनी भएकोले पनि हामीलाई त्यति धेरै कष्ट हुदैन्थ्यो यात्राभरी नै …सुरक्षाकर्मिनै बस भित्र आएर चेक जाँच गरेर पठाउने गर्दथे । चेकजाँच सक्ने साथ फेरी यात्रालाई निरन्तरता दिएँ । पथ्लैया हुंदै पूर्व निजगढ को सानो वजार छिचोलेर चन्द्रनिगाहपूर वजार पूगेर केही यात्रीलाई ओराली दिएँ । चन्द्रनिगाहपूर वजार वाट पूर्व वागमति नवलपूर लालवन्दी वर्दिवास ढल्केवर महेन्द्रनगर वन्दीपूर हुंदै ....