दिनभरी काम गर्दा साँझ खाने माम छैन
माम किन्न पनि हेर खल्तीभित्र दाम छैन |१|
बत्ती बिना अन्धकारमा चलि रा'छ रातहरु
एसो दिए जस्तो गर्छ, प्राधीकरणको काम छैन |२|
जनताको दु:ख बुझ्ने भएनन् नि कोही नेता
रावणको भेष सबको लाग्छ कोई राम छैन |३|
पार्टी कुर्सी सबैलाई प्यारो छ नि नेपालमा
कैले भन्न पाईएला बन्द अनि जाम छैन |४|
भोको नाँगो लडी रा'छन् यो जाडोमा खान नपाँई
न्यानोपनको आभाष दिने अब कुनै घाम छैन |५|
यो "कल्पना" फर्कु भन्छे बिदेशको मोह छोडी
सोध्दा भन्छन् उतै बस ,यो देशमा ठाम छैन|६|
No comments:
Post a Comment