मुख्य पृष्ठ

Sunday, February 24, 2013

गजल -राज अविरल (यात्री )-आफ्नो भाग्य आफ्नै आधारमा खोज्नू


गजल:-




आफ्नो भाग्य आफ्नै आधारमा खोज्नू
जीत हुन्छ पक्कै र त हारमा खोज्नू   ।१।

पिंढा संगै खेल्ने  बानी भए देखि
कता कता छोयो तिनै मारमा खोज्नू ।२।
कति घात भयो  जिवन बाँच्ने क्रममा
आवेशमा हैन संधै प्यारमा खोज्नू ।३।

मान्छे कति सम्म  निर्दयी हुन सक्छ
लेखाजोखा उसको अत्याचारमा खोज्नू ।४।

आरोपमै कतै  बदनाम पारे भने
परिचय आफ्नै  संघारमा खोज्नू ।५।

१५ भदौ २०६९
कन्याम, ईलाम ।।
अचेल- क्वालालम्पुर ।

No comments: