मुख्य पृष्ठ

Sunday, February 24, 2013

गजल - प्रभा आचार्य -सारँगीको धुनसँगै रुन्छ गाइेने दाइ


गज़ल "गाइेने दाइ"        




सारँगीको  धुनसँगै   रुन्छ गाइेने दाइ

मनको ब्यथा रित्त्याएर धुन्छ गाइेने दाइ |1|

मेचीकाली,पूर्व पश्चिम,जोडी सिमा, साँध 

तार रेट्दै देशको ब्यथा गुन्छ गाइेने दाइ |2|

साखा,सन्तान् सबैको नै गीत कथी आज

संगीत भर्दै कथा जालो बुन्छ गाइेने दाइ |3|

परदेशीको पीडा सारा रेट्दै तारमा कठै!

सबको मन रुझाएर छुन्छ गाइेने दाइ  |4|

बास सधैं हुन्न घर पुग्छन् पराइे आँगन्

गितांगेको रूपभित्र हुन्छ गाइेने दाइ   |5|   


 प्रभा आचार्य 

कोलाराडो अमेरिका रचना - सेप्टेम्बर/ २/ १२

No comments: