मुख्य पृष्ठ

Sunday, February 24, 2013

गजल -टिका खड्का (राष्ट्रप्रेमी)-हिजोआज मुटु भित्र एउटी परी पसेकी छिन्

****गजल****
.




हिजोआज  मुटु भित्र  एउटी परी  पसेकी छिन् 
मेरो मनको  मझेरीमा मुस्कुराउँदै बसेकी छिन्  |1|

.
म के बयान  गरु उनको  यी गजलका  सेरहरुमा ,
लाग्छ उनी स्वर्ग बाट यो धरतीमा खसेकी छिन् |2|


हरेक रात  निदरीमा  स्वप्न बनी आउछिन् अनि ,
कयौँ पटक ती अधरले यी अधरलाई डसेकी छिन् |3|

.
जहाँ जान्छु  छायाँ बनि हुन्छिन् मेरै  समिपैमा ,
नयनभरि राखी मलाई अंगालोमा कसेकी छिन् |४|

.
टिका खड्का (राष्ट्रप्रेमी)
मधुमल्ला- ४
मोरंग ,

No comments: