मुख्य पृष्ठ

Sunday, February 24, 2013

गजल -राज अबिरल यात्री-सदस्य देखि संसद बिक्री हुन्छन्

गजल :- 


देशमा बिभिन्न यि पद बिक्री हुन्छन् ।
सदस्य देखि  संसद बिक्री हुन्छन् ।।

एकै नासे पाउनु हुन्न छान्नलाई । 
होचो अनि अग्लो कद बिक्री हुन्छन् ।।

धेरै भए जनतामा झुक्याउने कुरा । 
क्रान्तिका नारा नगद बिक्री हुन्छन् ।।

हत्यारा भ्रष्ट सफाई पाई छुट्छन् । 
लाग्छ न्यायको अदालत बिक्री हुन्छन् ।।


राज अबिरल यात्री
15 FEB 2012 
KANYAM ILAM.

No comments: