मुख्य पृष्ठ

Sunday, February 24, 2013

गजल - बुद्धि मोक्तान-चल्ने हुरी चल्दै गरोस् शान्ति नभड्कीयोस्

गजल:-



आकाश गर्जे गर्जोस् अब बन्दुक नपड्कीयोस्
चल्ने हुरी चल्दै गरोस् शान्ति नभड्कीयोस्   |१|

कती बस्नु बेखुशीमा  रोपौ  खुशी अब 
त्यो खुशीको हलो फाली कतै नअड्कीयोस्  |२|
कुरा मिल्न जारी बैठक् मन्मोटाबले भरी 
मुल बाटो छाडी शान्ति अन्तै नफड्कीयोस् |३|

आलो घाउ पुरिदैछ रगत पनि सुक्दै  
निको हुँदै गा'को ढाड फेरी नसड्कीयोस्    |४|

 झुक्नु दिन्नौ शीर कैल्यै धैर्य गर्छौ तर,
शान्ति देख्ने हाम्रा चाह त्यसै नतड्पीयोस्  |५|

बुद्धि मोक्तान
हाल कोरिया

No comments: