कृष्ण के . श्रेष्ठ "काल्स" द्वारा लिखत गजल
षड्यन्त्र सबैको सफल भेटियो
मान्छे हरु बेच्ने पसल भेटियो |
जो चप्पल लगाएर हिड्ने गर्थे
शहरमा उसैको महल भेटियो |
सिरानीमा मेरै फोटो छ भन्थ्यौ
रक्सिले भरेको बोतल भेटियो |
हिजो सम्म जस्ले नक्सा कोर्दथ्यो
फेसबुकमा आज गजल भेटियो |
रोइ कराई भिख माग्दै थियौ
भन्छन् रुवाइमा नक्कल भेटियो|
तिमि पनि उस्तै, थाहा भो तब
जब त्यो बाटोमा खाडल भेटियो|
सज्जन हरु मात्रै बस्ने देशमा
कस्ले भन्छ मुर्ख पागल भेटियो?|
कृष्ण के श्रेष्ठ ( काल्स )
हाल - जापान
No comments:
Post a Comment