मुख्य पृष्ठ

Saturday, February 23, 2013

गजल - ५३-उमेरनै ढल्की गयो हाँस्दा गाला चाउरी परे

गजल -५३




उमेरनै ढल्की गयो हाँस्दा गाला चाउरी परे
आधि पाटो लुगा लाउने अचेलका छाउरी परे  |१|

रीति रिवाज् छोड्न थाले फेसनको नाम गरी
खस्ला जस्तो पाइन्ट लाउने सुकेर पो दाउरी परे |२|

Friday, February 22, 2013

गजल - बिकास घायल -जिन्दगीको डुङ्गा आज नत वार नत पार भयो

गजल :-







जिन्दगीको डुङ्गा आज नत वार नत पार भयो
 कस्तो खेल खेलायौ खै नत जित नत हार भयो ||

खन्याएछु भन्थ्यौ माया त्यो मुटुनै रित्याएर सारा 
उस्तै देख्छु म त  सधै  नत  दुई  नत  चार  भयो ||

मेरो आजको गजल -५२



मेरा सम्पूर्ण साहित्यिक मित्र हरु मेरो आजको गजल -५२  
लेख्दा लेख्दै यस्तो हुन् गयो | 
आबस्यक सल्लाह र सुझाबको आशामा |


एकमा दुइ जोडेपछि  चार हुन्छ भन्दिन म
जिन्दगीमा आफ्नै देह  भार हुन्छ भन्दिन म |१|

दुःख देखि भागि हिडे लक्ष्य कहा हात पर्छ
दुःख कष्ट हामि बाट पार हुन्छ भन्दिन म  |२|

गजल - ५० -डाक्टरको सुइ पनि बेकार भो घरीघरी

  गजल -५०   
 
 
डाक्टरको सुइ पनि   बेकार  भो  घरीघरी
बैध्यको त्यो मन्तर् पनि दोधार भो घरीघरी |१|

आकुरा झैँ आउदै थियो शान्तिका ती मुनाहरु
आफ्नै पंक्ति पार्टी बाट छेक्बार भो घरीघरी  |२|

गजल -सुमित्र पौडेल (आँचल )




यो नशा भित्र बगेको रगत तिम्रो नि जस्तो मान्दथे म त
मायालु भाव पोखिदा खेरि     मेरै हौ भनी ठान्दथें  म त |1|

अध्यारो भित्र उज्यालो खोज्दा तिमीले दिप जलाको देखें
प्रेम हो धन त्याग हो जीवन भनेर तिम्लाई छान्दथे म त |2|

गजल -बिकास घायल -संगै बसी मनका कुरा गरौँ झैँ लाग्यो








संगै बसी मनका कुरा गरौँ  झैँ लाग्यो
मुटु भरि तिम्रै माया भरौं  झैँ लाग्यो ll

हाम्रो भेट हुने दिन टाडीदै जादा
तिम्रै गाउँ तिर बसाइ सरौं झैँ लाग्यो ll

कता कता मौलाउदै गरेको माया
त्यो दिलको कुना कानी छरौ झैँ लाग्यो ll

अब सबै अतितका संसार भुली
सातै जुनी तिम्रै भर परौ झैँ लाग्यो ll

तिमीलाई बचनको डोरीले बाधी
संगै बाची संग संगै मरौ झैँ लाग्यो ll


"बिकाश"(घायल)
धादिग

गजल -बोल्न पैसा पर्छ भने एक दुइ पैसा दिन्छु बरु

 गजल :-४३




बोल्न पैसा पर्छ भने एक दुइ पैसा दिन्छु बरु
पैसाले नै पेट भरे हाँसो अब किन्छु बरु |१|

ढुंगा जस्तो तिम्रो मन कसो गरी पगालु खै
आधा गरी लिन पाए पागालेर लिन्छु बरु |२|