मेरा सम्पूर्ण साहित्यिक मित्र हरु मेरो आजको गजल -५२
लेख्दा लेख्दै यस्तो हुन् गयो |
आबस्यक सल्लाह र सुझाबको आशामा |
एकमा दुइ जोडेपछि चार हुन्छ भन्दिन म
जिन्दगीमा आफ्नै देह भार हुन्छ भन्दिन म |१|
दुःख देखि भागि हिडे लक्ष्य कहा हात पर्छ
दुःख कष्ट हामि बाट पार हुन्छ भन्दिन म |२|
बेलैमाथि माया मारी आफ्नाले नै छोडी गए
जिन्दगीमा सम्झनाचै सार हुन्छ भन्दिन म |३|
जीवनमा संगै बस्दा झगडा र रिस मात्रै
टाढा पुगी बोलाउने तार हुन्छ भन्दिन म |४|
बध्यातामा परी आफै खुशी दिन चुके पछि
मायालुलाई चोरी लाने जार हुन्छ भन्दिन म |५|
संजय कुमार खड्का
रामेछाप देउराली -८
हाल : साउदीअरब
No comments:
Post a Comment