मुख्य पृष्ठ

Friday, February 22, 2013

गजल - ५० -डाक्टरको सुइ पनि बेकार भो घरीघरी

  गजल -५०   
 
 
डाक्टरको सुइ पनि   बेकार  भो  घरीघरी
बैध्यको त्यो मन्तर् पनि दोधार भो घरीघरी |१|

आकुरा झैँ आउदै थियो शान्तिका ती मुनाहरु
आफ्नै पंक्ति पार्टी बाट छेक्बार भो घरीघरी  |२|
मुस्ताङ्ग त्यो गाढी चढी तालि बज्यो कति ! कति !
बत्ति पानी आउन छाड्यो दिक्दार भो घरीघरी  |३|

जनता सबै धाउदै थिए  न्याय पाउने आशा गरी
मान्छे मार्दै माफी पाए आत्याचार् भो घरीघरी  |४|

भरोसामा चुनी चुनी   पठाएका  नेताहरु
चोरी ठगि गुण्डा तिनै लुट्मार भो घरी घरी  |५ |

संजय कुमार खड्का
रामेछाप देउराली -८

No comments: