मुख्य पृष्ठ

Friday, February 22, 2013

गजल -सुमित्र पौडेल (आँचल )




यो नशा भित्र बगेको रगत तिम्रो नि जस्तो मान्दथे म त
मायालु भाव पोखिदा खेरि     मेरै हौ भनी ठान्दथें  म त |1|

अध्यारो भित्र उज्यालो खोज्दा तिमीले दिप जलाको देखें
प्रेम हो धन त्याग हो जीवन भनेर तिम्लाई छान्दथे म त |2|

कोपिला फूलका सुन्दर थिए नफुली किन झर्दैछन् आज
देखेर तिम्रो मुस्कानी ओठ आत्माको कुरा जान्दथे म त  |3|

चुक्यौ कि कतै देख्दैछु खिन्न   यो मुटु पनि भएछ भिन्न
पौडदा तिमी यो दिल भित्र  खुशीले तिम्लाई  बान्दथे म त  |4|

भ्रममा रै'छु ' यो झुटो संसार कसरी  बिश्वास गरु खै अब
ढुंगालाई पुजा गर्नु त्यो भन्दा प्रेम हो  ईश्वर भन्दथे  म त ! 5!


No comments: