कस्तो खेल खेलायौ खै नत जित नत हार भयो ||
खन्याएछु भन्थ्यौ माया त्यो मुटुनै रित्याएर सारा
उस्तै देख्छु म त सधै नत दुई नत चार भयो ||
बगैचामा सारेको थे ति मायाका बिरुवाहरु मैले
हेर्छु सधै फुल्दैन खै नत फूल नत झार भयो ||
भन्ने गर्थ्यौ बाँचे पनि तिम्रै हुँ म मरे पनि तिम्रै
अनायासै किन आज तिमीबाटै तिरस्कार भयो ||
हिजोसम्म माया मेरो भाको थियो हिरामोति जुहार
त्यही माया आज किन कवाडीमा कारोबार भयो ||
बिकास घायल
No comments:
Post a Comment