नेपाली आधुनिक सङ्गीतका शिखर साधक भक्तराज
रवि प्राञ्जल
_____________________________________
२०३९ सालको असार महिनाको एक बिहान, ललितपुरको चक्रपथ क्रस गरेपछि करिब एक मिनेटको दूरीमा बाटोको बायाँतर्फ रहेको एउटा घरमा म पुग्छु । घरको तल्लो तलाको एउटा कोठाबाट निःसृत हार्मोनियमको मधुर आवाज मिश्रित सुरिलो स्वरसँगै म त्यस कोठाको निकट पुगिसकेको हुन्छु । वाह ! क्या जुहारी खुलेको स्वर । मूलाधारदेखि प्रवाहित स्वरको चमत्कार सुन्दा लाग्थ्यो– भित्र षड्ज साधना चलिरहेछ । म यन्त्रवत् डोरिएर उनको सामु पुग्छु । मेरो उपस्थितिको आभास पाएर हार्मोनियममा चलायमान औंलाहरुसंगै त्यो प्रभावशाली गम्भीर स्वरमा विराम लाग्छ र जिज्ञासु नजरहरु म तर्फ फर्कन्छन् । म अभिवादन गरेर आफ्नो परिचय दिन्छु र मैले सम्पादन गरेको 'मधुमास' साहित्यिक पत्रिकाका केही अङ्कहरु उनलाई उपहार दिन्छु । साथै मैले रचना गरेको गीत सबै बेहोसी नशा पिएरु लाई संङ्गीतवध्द गरी गाइदिनका लागि अनुरोध गर्दै उक्त गीत डायरीबाट सारेर उनलाई दिन्छु ।