कहाँ जाने थाहा छैन बाटो खोजी रा'छु
मेरो ज्यान छोपी दिने माटो खोजी रा'छु ।
जता पनि पोल्छ अनी चस्स चस्स दुख्छ
कहाँ होला नदुख्ने त्यो पाटो खोजी राछु ।
आफै लाइ थाहा छैन कहाँ गए आँसु
भिजेका ती सिरानीमा टाटो खोजी रा'छु ।
घाउ सबै आलै रहे मैले हाँस्न खोज्दा
कुनै चोट निको भो की खाटो खोजी रा'छु ।
मेरै भाग् मा मात्र किन चोट ब्यथाहरु
भगवान सँग मैले फाटो खोजी रा'छु ।
कुमार श्रेष्ठ
रामेछाप
No comments:
Post a Comment