भर्खर यतै हुनुहुन्थ्यो फेरी कता सर्नु भयो?
एक्लै भएँ म त यहाँ लौन लाज मर्नु भयो।
भन्नु हुन्थ्यो सँगै बसी मीठा मीठा कुरा गर्ने
अन्तै जानु रैछ किन झूटो कुरा गर्नु भयो?
देवी जस्तै बोली मेरो भन्नु हुन्थ्यो हजुरले त
सधैभरि झूट बोल्ने कुन चाही देवी पर्नु भयो?
यति चाँडै मेरो मनलाई निराशामा पार्नु रैछ
फेरी किन आशाका ति किरणहरु छर्नु भयो?
मलाई जस्तै मीठा मीठा आश्वासनमा भुलाएर
आजसम्म कतिको मन निराशाले भर्नु भयो?
सुबाश श्रेष्ठ
गोरखा
No comments:
Post a Comment