मेरो आजको गजल -४२
नेपाल गए कपाल संगै बर्मा गए कर्म संगै
जहाँ जान्छु कुरा तिनै झै-झगडा धर्म संगै |१|
हाँस्नु पर्छ भन्छ्न सबै भित्री पिडा कस्ले बुझ्ने
अरु सामु हाँसी हिड्छु आफु भित्र मर्म संगै |२|
नेपाली हुँ जन्मे देखी ऋण बोकी आएको छु
चुक्ता गर्न खोजे पनि छिमेकीको पर्म संगै |३|
धनीका ती हवेलिमा मोजमस्ती चलेकै छ
कोही यहाँ बाँच्न गाह्रो लाज पच्यो शर्म संगै |४|
स्वार्थी भइ बाँचौ भने मानबिय सेवा होइन
अरु सारा मेरो आसमा बुढी आमा घरमा संगै |५|
सञ्जय कुमार खड्का
रामेछाप देउराली -८
हाल : साउदीअरब
No comments:
Post a Comment