गजल :-३९
गत साल भैलो खेल्या आज याद आयो मलाइ
गाउ घरका साथी सम्झी मुटु भित्रै खायो मलाइ |1|
सोर्ह सत्र उमेरमा जवानीले मस्त थिए
धेउशी खेली नाच्या मैले आजै जस्तो लायो मलाइ |2|
घुमाउने रोटी पोल्न चामलको पिठो थियो
सेल रोटी खाको मैले सम्झना चै छायो मलाइ |3|
धेउसी र भैलि खेली रमाइलो गर्दा खेरी
मादलु त्यो घन्किएको मन्ले गीत गायो मलाइ |4|
नजिक को तिर्थ हेला संगै बस्ने भए पछि
सम्झनाको तीर मेरो घरदेश धायो मलाइ |5|
संजय कुमार खड्का
हाल : साउदीअरब
रामेछाप देउराली -८
No comments:
Post a Comment