मुख्य पृष्ठ

Friday, February 22, 2013

गजल -३८ -मान्छे ठुलै बन्ने भए अहमता छाडे राम्रो

गजल :-३८
मान्छे ठुलै बन्ने भए  अहमता छाडे राम्रो
अरु सामु चिनाउन  ज्ञान बुद्दी बाँडे राम्रो |१|


जति धन कमाएनी  हामि कहाँ पुग्छौं होला
कमाउने धन्दा हेर्दा  अझ यहाँ माँडे राम्रो |२ |

दिन रात जहाँ जान्छु शान्तिको नै कुरा यहाँ
सबैको त्यो नारा मात्रै आजै देखि भाँडे राम्रो |३ |




गरीब ती काम गर्दा  बाच्न सधै गाह्रो हुने
धनी यहाँ मोटाएर  त्यो भन्दा त साँढे राम्रो |४ |



 हामि सबै छाडा भयौ   आफु पैले बदलौ की
शान्ति ल्याउन आजै देखि शान्ति खम्बा गाडे राम्रो |५|

संजय कुमार खड्का
हाल : साउदीअरब
रामेछाप देउराली -८

No comments: