मुख्य पृष्ठ

Friday, February 22, 2013

गजल -द्वन्द कालमा कति मरे सम्झि मन भाँच्न पर्ने

आजको गजल - ४३


आदरणीय मित्र हरु मैले द्वन्दकालमा दुख पाएका मन हरुको बेथा लाइ संगालेर मैले आजको गजल - ४३ कोर्ने प्रयाश गरेको छु | यहाँहरुको सल्लाह र सुझाब हरु दिनु हुने छ भने मेरो आशा छ |

द्वन्द कालमा कति मरे सम्झि मन भाँच्न पर्ने
मर्ने हरु मरी गए   जिन्दा  हरु  बाँच्न   पर्ने |१|

पिर पर्नु कति पर्यो    ज्यान सुकी त्यान्द्रो भयो
बच्चाको त्यो मुख हेरी जिन्दगी नै साँच्न पर्ने |२|
बिछ्यौनामा संगै सुत्या अँगालोको मायालाइ 
हेर्दा हेर्दै गुमाउदा     एक्लो बनि  नाँच्न  पर्ने |३|

कस्को मन रुन्न होला  आफन्तनै गुमे पछि
रुदा रुदा शान्त बनि आफ्नै मन जाँच्न पर्ने |४|

बिछोडमा मुटु टुट्यो गास्न अब कहाँ जाने
जसो तसो छिद्र मुटु खुशी हुदै साट्न पर्ने |५|

संजय कुमार खड्का
रामेछाप देउराली -८
हाल : साउदीअरब

No comments: