शरीरलाई चुस्त र निरोगी राखी सधैँ युवाजस्तो भइरहन कसलाई मन पर्दैन होला ! यसका लागि हिजोआज खाद्यचेतनासम्बन्धी धेरै सन्देशहरू सुनिन्छन्। जस्तो कि, ठिक्क खाऔँ, धेरै बाँचौँ, फलफूल, गेडागुडी बढी खाऔँ, स्वस्थ रहौँ इत्यादि। के हो त वास्तविकता?
हामीले धेरै खाने खाद्यपदार्थहरूमा हाम्रो शरीरलाई चाहिने आवश्यक पौष्टिक पदार्थका अतिरत्ति अन्य रसायन पनि हुन्छन्, जो विभिन्न रोगका विरुद्ध लड्ने गर्छन्। तिनीहरूमध्ये पोलिफेनोल एक हो। रसायनशास्त्रको भाषामा पोलिफेनोल भन्नाले दुई वा दुईभन्दा बढी फिनोल रंिग भएका रसायनलाई भनिन्छ, जुन गेडागुडी, भटमास, फलफूल अनि पेय पदार्थहरू -चिया, कफी, वाइन)मा प्रसस्त मात्रा पाइन्छ। हाम्रो शरीरले विभिन्न खाद्यपदार्थहरूबाट प्रतिदिन करबि एक ग्राम पोलिफेनोल प्राप्त गर्छ, जुन अन्य पोषकजस्तै भिटामिनहरूभन्दा अधिक हो। सन् १९९० को सुरुदेखि पोलिफेनोलले उपभोक्ता एवं स्वास्थ्य अनुसन्धानकर्ताहरूको निकै ध्यानाकर्षण गरेको छ।
अध्ययन अनुसार, पोलिफिनोलयुक्त खाद्यपदार्थहरूको नियमित सेवनले विशेष गरी उमेरसँग सम्बन्धित दीर्घरोगहरूजस्तै क्यान्सर, मधुमेह, हृदयरोग नियन्त्रणमा सहयोग गर्छ। अचेल एन्टी-अक्सिडेन्टबारेमा धेरै चर्चा सुनिन्छ। जसले स्वास प्रणालीको तनाव -अक्सिडेटिव स्ट्रेस)सँग सम्बन्धित रोगहरूलाई नियन्त्रण गर्न सहयोग गर्छन्। विभिन्न कारणले हाम्रो शरीरमा अक्सिजनयुक्त पि| यार्डिकलहरू आवश्यकताभन्दा बढी पैदा भएपछि तिनले हाम्रो शरीरलाई हानि पुर्याउन थाल्छन्। यस्ता हानिकारक पि| यार्डिकलहरूलाई पोलिफेनोलले तह लगाउन सक्ने भएकाले यिनीहरू एन्टी-अक्सिडेन्टका रूपमा चिनिन्छन्। जस्तै- कुयर्सेटिन् भन्ने पोलिफेनोल, जुन स्याउको बाहिरी छाला अनि रातो प्याजमा प्रसस्त मात्रामा हुन्छ, जुन ज्यादै शक्तिशाली एन्टी-अक्सिडेन्ट हो। त्यसैले स्याउ बोक्रासहित खाँदा शरीरलाई बढी फाइदा हुन्छ।
नेपाली भोजनमा गेडागुडीको महत्त्वपूर्ण स्थान छ। उदाहरणका लागि क्वाटी, जुन नेपालीहरूले ज्यादै मन पराउने खाद्य परकिारमध्ये एक हो र यसमा अन्य गेडागुडीको साथ भटमास पनि मिसिएको हुन्छ। नेपाली भटमास ज्यादै स्वादिष्ट अनि गुणकारी हुन्छ। एसियाली मुलुकहरूमा हजाराँै वर्षदेखि भोजनका रूपमा प्रयोग गरनिे भटमास प्रोटिन र खाने तेलको प्रमुख स्रोत हो। विशेष गरेर शाकाहारी समाजका लागि भटमासको प्रोटिन अति आवश्यक छ। सोए मिल्क र सोए वर्गर आज पश्चिमी मुलुकहरूमा ज्यादै लोकपि्रय हुँदै गएका छन्। अध्ययन अनुसार भटमास अनि भटमासबाट बन्ने खाद्यपदार्थहरू जस्तै मिसो, तेम्पा र तोफु ज्यादै खाने जापानी, चिनियाँ अनि इन्डोनेसियन महिलाहरूमा स्तनको क्यान्सर पश्चिमी मुलुकका महिलाको भन्दा कम हुने गर्छ।
अचेल पश्चिमी देशका बजारमा भटमासबाट उत्पादित पोषक तत्त्वहरू प्रसस्त मात्रामा पाइन्छन्। तर, यस्ता तत्त्वमा फाइटो एस्ट्रोजेनको मात्रा ज्यादै धेरै भयो भने हाम्रो शरीरलाई फाइदाभन्दा बेफाइदा गर्न सक्छ। जस्तो कि भटमासमा पाइने जेनिस्ती भनिने पोलिफेनोलमा एस्ट्रोजेनिक गुण रहेको हुन्छ। यसको अत्यधिक प्रयोगले प्रजनन क्षमतामा नकारात्मक असर पार्नुका साथै क्यान्सर बढाउने सम्भावनालाई पनि नकार्न सकिन्न। त्यसैले अत्यधिक मात्रामा यस्ता तत्त्व सेवन गर्दा सावधानी पुर्याउनुपर्छ।
पोलिफेनोलको चर्चा गर्दा रातो वाइनको चर्चा गर्नु आवश्यक हुन्छ। रातो वाइनको उपयुक्त अनि नियमित सेवनले सट्रोक र हृदयसम्बन्धी रोगहरूबाट बच्न सहयोग गर्छ। धेरैजसो प|ान्सेलीहरू चिल्लोयुक्त खाना बढी खाए पनि स्वस्थ रहन्छन्। यो एउटा विरोधाभासपूर्ण कुरा हो। किनभने, चिल्लो पदार्थको बढी उपभोगले त हृदयसम्बन्धी रोग बढी हुुनुपर्ने हो। तर, प|ान्सेलीहरूमा यो कम लागू हुँदैन किन? यसको उत्तर के हुनसक्छ भने उनीहरू नियमितजसो रातो वाइन पिउने गर्छन्, जसमा हृदयरोगविरुद्ध लड्ने पोलिफेनोल हुन्छ। यसलाई प|ेन्च पाराडक्स भनिन्छ। रातो वाइनमा बढीमा दुई हजारदेखि छ हजार मिलिग्राम/लिटर पोलिफेनोल रहन्छ। यी पोलिफेनलहरूमध्ये अंगुरको बोक्रामा पाइने रेस्वेरट्रोलले धेरै अनुसन्धानकर्ताहरूको ध्यान आकषिर्त गरेको छ। प्राप्त रपिोर्ट अनुसार रेस्वेरट्रोलले क्यान्सरजस्तो समस्याका विरुद्ध लड्ने गर्छ। यद्यपि, यसको मात्रा रातो वाइनमा ज्यादै न्यून हुने गर्छ। हुन त रातो वाइन एक महँगो अल्कोहोलिक पेय पदार्थ भएकाले हामी नेपालीहरूका लागि सहजै उपलब्ध छैन।
अर्को कुरा हाम्रो समाजमा अल्कोहलिक पेय पदार्थलाई सांस्कृतिक एवं धार्मिक आधारमा स्वीकार्य नगर्ने पनि छ। यसरी यो बहुसंख्यक नेपालीको पेय पदार्थ हुन सकेको छैन। तर, यसमा चिन्ता लिनुपर्दैन किनभने यसको विकल्पमा हामी ग्रीन टी पिउन सक्छाँै। ग्रीन टीलाई उचित मात्रामा उपयुक्त तरकिाले पिउने गरे केही मात्रामा रातो वाइनमा भएका क्याटेकिन्स पोलिफेनोल हाम्रो शरीरले प्राप्त गर्न सक्छ। ग्रीन टीमा ईजीसीजी भन्ने पोलिफेनोल प्रसस्त पाइने भएकाले यसको क्यान्सर नियन्त्रणमा विशेष महत्त्व छ।
अति सेवनले अमृतलाई पनि विष बनाउँछ भनेझैँ अत्यधिक चियाको सेवनले शरीरमा क्याफिनको मात्रा बढ्छ। चियामा करबि तीन प्रतिशत क्याफिन हुने गर्छ। क्याफिन एउटा यस्तो रसायन हो, जसले हाम्रो स्नायु प्रणाली, मुटु र स्वासप्रश्वासलाई उत्तेजित पार्छ। साथै, हाम्रो पेटमा नचाहिँदो मात्रामा अम्ल उत्पादन गर्छ। अचेल क्याफिन कम वा नभएको अर्थात् डिक्याफिनेटेड चिया पनि प्रयोग गर्ने चलन छ। सारमा भन्नुपर्दा ग्रीन टी/चिया वा रातो वाइन उचित मात्रामा पिउँदा शरीरलाई धेरै फाइदा हुनसक्छ। पोलिफेनोलहरू एन्टी-अक्सिडेन्ट, एन्टी इन्फ्लामेटरी एवं एन्टी क्यान्सर हुनसक्ने भएकाले पोलिफेनोलयुक्त खाद्यपदार्थ बढीभन्दा बढी हाम्रो नियमित भोजनमा हुनु अति आवश्यक छ। त्यसैले प्रतिदिन भटमासको परकिार, एक-दुई कप ग्रीन टी वा रातो वाइन भोजनमा सामेल गरौँ अनि स्वस्थ रहौँ।
-प्रसाईं अमेरिकाको युनिभर्सिटी अफ अलबामाका फार्मिकोलोसी र टोक्सीकोलोजीका असिस्टेन्ट प्रोफेसर हुन् ।)
No comments:
Post a Comment