मुख्य पृष्ठ

Friday, February 22, 2013

GASTRITIS ( अमल्पित्त ):- भनेको के हो र कसरि बच्न सकिन्छ ?

  GASTRITIS ( अमल्पित्त ):-
Gastric = stomach (आमाशय)  
Itis = Inflammation (शोथ )


stomach को पर्खाल ( inner wall )मा रहेको कोष मुकोसा को inflammmation (शोथ ) हुनुलाई GASTRITIS भनिन्छ । यदि अमलपित्त भयो भने पेटको मथिल्लो विच भाग ( epigastric region )मा दुख्ने वकवाकी लाग्ने मुखमा अंइलो पानी आउने ,रिङटा लाग्ने ,कम्जोरी हुने जस्ता लक्ष्यण हरु देखा पर्दछन /जुन मानिस हतार हतारमा काम गर्ने ,आनिबानी र खानाले गर्दा GASTRITIS हुने सम्भाबना हुन्छ । हामी नेपालीहरुमा प्राय : सबै म देखिने स्वास्थ्य समस्या हो । आमशयको कोष ( musosa) को hydrochloric Acid सँग को लामो समय सम्म असन्तुलन भयो भने GASTRITIS हुन्छ ।आमशयमा अस्थयी रुपमा भन्डरण गरि टुक्र्याउनको लागि hydrochloric Acid को अत्पादन हुन्छ कारणबश धेरै उत्पादन भइ आमशयको पर्खलमा क्ष्यती पुग्न गयो भने GASTRITIS हुन्छ । आमाशयको पर्खालमा रहेको कोष ( Epithelium cell )ले carbonet निकाल्छ जस्ले acid लाई हटाउने काम गर्छ ।यदी त्यहाँ कोष हरु नस्ट हुनगएमा चाँडो चाँडो नयाँ कोष बन्दछ । प्राय : stomach म रगतको पुर्ती पनि धेरै हुने गर्दछ /यसै गरि यी सबै कुराको असन्तुलन हुन गएमा मानिस लाई gastritis हुने गर्छ । खसगरी gastritis दुई प्रकारको हुन्छ :-

I. Acute gastritis (आकस्मिक हुने अंमलपित्त )
II. Chronic gastritis ( लामो समय देखि भएको अंमलपित्त)
I. Acute gastritis (आकस्मिक हुने अंमलपित्त ):- आमाशयको पर्खालमा भएएको कोषमा एक्कासी ( Acute ) inflammation हुनुलाई Acute gastritis भनिन्छ । जसमा पेटको मथिल्लो विच  भागमा दुख्ने वाक वाक लाग्ने ,रिङाटा लाग्ने र बन्ता लछण देखा पर्छ /
कारणहरु :-
- बेचैनी ( Anxiety) 
-चिन्त ( stress )
- डर ( fear )
- संघात ( shock  ) कडा चोट ( severe trauma ),पोलाई ( Burn )
- अप्रेसन गरेपछी ( post operation )
- रगतको पुर्ती कम हुनु ( Ischaemia )
- उत्तेजना ( Irritation ) 
- रक्सी र केही खतरा औषधी हरुले ( alsohols, NsaiD drugs ) 
- हेलिकोबेक्तोर पैलोरी भन्ने जिबाणु ले गर्दा ( Hilicobacter pylori )
- चिल्लो पिरो अंमिलो र सुख्खा  खानाले गर्दा ( Fatty, चिल्ल्य्, dry, spicy foods )
लक्ष्यण हरु ( Symptoms ) :-
- कहीले काही रगत बन्ता हुन सक्छ ।
- वाक वाकी लाग्नु ( Nausea )
-बन्ता हुनु ( Vomiting )
- पेटको मथिल्लो विछ भागमा दुख्छ ।
- मुखबाट अंमिलो पानी आउछ ( water brush )
- ढकार आउछ ( Burping of air )
  जाँचपड्ताल ( Investigation ):-
दिशा चेक गर्दा ल्यबमा अल्सर भएएको छ भने थाहा हुन्छ । माथिल्लो पेटको GI endoscopy गरेर हेर्दा पनि Gastritis भएएको थाहा हुन्छ ।

उपचार ( Treatment ):-
- कारणहरु लाई पत्ता लगाएर हटाउने ।
- झोलिलो खाल्को खान दिने ( liquid diet )
- थोरै थोरै खाने तर धेरै धेरै पटक खाने पेट खाली नरख्ने 
- पिरो अंमिलो, मसलेदार,चिन्ता र हतार बाट सजग गराउने ।
- खानामा प्राय: जाउलो दिने नीको नभए  सम्म  ।
- आब्श्याक परेमा जीवन शैली बदल्ने ।
- बेलिकी खान काम खाना खाने र सुत्नु भन्दा २ घण्टा पहिला नै खाना खाने ।
- यस समस्या को लागि नियमित औषधी खाने ।
- अन्तकिद्स जस्तै :- Aluminium hydroxide र Magnesium trisilicate मिसिएको झोला औषधी दिने - 10ml- 15ml दिनको तिन पटक ।
- पेट दुखाइ काम गर्न ( Antispasmodic ) दिने । जस्तै :- Hyoscine 10mg आबश्यक परेमा /
- वाक वाकी र बन्ता रोक्नको लागि एन्टीइमिटिक ( antiemetic ) औषधी दिने :- Domperidone 10mg आबश्यक्ता अनुसार दिने /

No comments: