मुख्य पृष्ठ

Thursday, February 26, 2015

महिनावारीको दुखाई कम गर्ने घरेलु तरिका!!

महिनावारीको दुखाई कम गर्ने घरेलु तरिका!!

बदलिएको जीवनशैली, प्रदुषण र खानपानमा परिवर्तनका कारण धेरैजसो महिलाहरुलाई महिनावारी भएका बेला अत्यधिक पीडाको समस्या हुनु अहिले साधारण भइसकेको छ । महिनावारीमा अनियमितता हुने भएका कारण कुनै पनि महिलाका लागि महिनाका ती दिनहरु निकै तनावपूर्ण र पीडादायक हुने गर्दछ । कहिले महिनामा दुईपटक वा दुई महिनामा एकपटक हुने गर्दछ ।

Friday, February 13, 2015

गजल-म बनौला औसि रात तिमी उज्याली रात बन्नु

म बनौला औसि रात तिमी उज्याली  रात बन्नु
पिल्सिएर म बसौला तिमी कसै को साथ बन्नु ।।

मन मनै पढिरहेछु कल्पना का तस्वीर अझै
मन भरी प्रश्न मेरा तिमी प्रेमिल वात  बन्नु ।।

Wednesday, January 15, 2014

रक्त समुह र ब्यक्तित्व बारे रोचक प्रसंग


रक्त समुह र ब्यक्तित्व बारे रोचक प्रसंग

के तपाईंलाई थाह छ, तपाईंको रक्त समुह कुन हो भन्नेरु यदी थाहाछ भने आउनुहोस् तपाईंको रक्त समुहले के भन्छ तपाईंको ब्यक्तित्त्वको बारेमा भन्ने कुरा हेरौ। रक्त समुहको बारेमा एक जापानि सस्थाले गरेको अनुसन्धान अनुसार भिन्न रक्त समुह अनुसार मान्छेको ब्यक्तित्व पनि फरक फरक हुन्छ। तपाईंले यसलाई कसरी मुल्याङ्कन गर्नुहुन्छ ?
समुह (ओ) यो रक्त समुहका मानिसहरु नेत्रित्व गर्न चाहन्छन। इनिहरुलाई जे देख्यो त्यही चहिने स्वभाब हुन्छ। र सफलता नपाउन्जेल सम्म प्रयास जारी राख्ने बानी हुन्छ। नेत्रित्व गर्ने बानी, बफादार, कामुक र आत्माबिश्वास यो रक्त समुहका मानिसको ब्यक्तित्व हो।
यो रक्त समुहको मानिसको कमजोरी भनेको घमन्डीपन, अरुको रिस गर्ने बानी र धेरै प्रतिस्पर्धात्मक हुनु हो।

Thursday, March 7, 2013

नेपाली आधुनिक सङ्गीतका शिखर साधक भक्तराज-रवि प्राञ्जल

नेपाली आधुनिक सङ्गीतका शिखर साधक भक्तराज

रवि प्राञ्जल
_____________________________________

२०३९ सालको असार महिनाको एक बिहान, ललितपुरको चक्रपथ क्रस गरेपछि करिब एक मिनेटको दूरीमा बाटोको बायाँतर्फ रहेको एउटा घरमा म पुग्छु । घरको तल्लो तलाको एउटा कोठाबाट निःसृत हार्मोनियमको मधुर आवाज मिश्रित सुरिलो स्वरसँगै म त्यस कोठाको निकट पुगिसकेको हुन्छु । वाह ! क्या जुहारी खुलेको स्वर । मूलाधारदेखि प्रवाहित स्वरको चमत्कार सुन्दा लाग्थ्यो– भित्र षड्ज साधना चलिरहेछ । म यन्त्रवत् डोरिएर उनको सामु पुग्छु । मेरो उपस्थितिको आभास पाएर हार्मोनियममा चलायमान औंलाहरुसंगै त्यो प्रभावशाली गम्भीर स्वरमा विराम लाग्छ र जिज्ञासु नजरहरु म तर्फ फर्कन्छन् । म अभिवादन गरेर आफ्नो परिचय दिन्छु र मैले सम्पादन गरेको 'मधुमास' साहित्यिक पत्रिकाका केही अङ्कहरु उनलाई उपहार दिन्छु । साथै मैले रचना गरेको गीत सबै बेहोसी नशा पिएरु लाई संङ्गीतवध्द गरी गाइदिनका लागि अनुरोध गर्दै उक्त गीत डायरीबाट सारेर उनलाई दिन्छु ।

Monday, March 4, 2013

यौन सम्बन्धि ११ रोचक तथ्य

यौन सम्बन्धि ११ रोचक तथ्य
यौनका विषयमा विभिन्न रोचक तथा अनौठा प्रसँगहरु यो दुनियामा पाइन्छन्। केही प्रसँगहरु निकै पठनीय तथा अनुकरणीय पनि हुन्छन् भने कतिपय घिनलाग्दा वा आपराधिक प्रकृतिका पनि पाइन्छन् । विश्वमा यौनका विषयमा दिनहुँ विभिन्न अध्ययन अनुसन्धान भैरहेका छन 
नयाँ तथ्यहरु सार्वजनिक पनि भैरहेकै छन्। हामीले यहाँ त्यस्ता ११ वटा तथ्य प्रस्तुत गरेका छौँ,जो अध्ययनबाट पुष्टी भएका हुन् :

Friday, March 1, 2013

जानी राखौ !मुटु रोग भनेको के हो ?र कसरी समाधान गर्ने ?

 मुटु रोग भनेको के हो ?


      मुटु रोगलाई सुषुप्त हत्यारा भन्न थालिएको छ। मुटु र रक्तनलीसम्बन्धी रोग गम्भीर प्रकारका  हुन्छन्। त्यसबाट मानिसको तत्काल मृत्युसमेत हुन सक्छ। उपचार खर्चिलो र जटिल छ। तर, रोगबाट बच्ने उपाय भने अपेक्षाकृत सस्तो, सजिलो र सुलभ छन्। यस वर्षको विश्व मुटु दिवसका नारा र प्रचार सामग्री विशेष गरी महिला र केटाकेटीप्रति लक्षित छन्। मुटुरोगबाट बच्ने उपाय घरबाटै सुरु गर्नुपर्ने र घरका महिला यसमा सजग भएमा परिवारका सम्पूर्ण सदस्यलाई नै रोगबाट बचाउन सकिने हुनाले विश्व मुटु महासंघले यस्तो कार्यक्रम ल्याएको हो। महासंघको अगुवाइमा हरेक वर्ष सेप्टेम्बर २९ का दिन मुटुरोग र यसबाट बच्ने उपाय सम्बन्धमा जनचेतना जगाउन विश्व मुटु दिवस मनाइन्छ।


मुटु र रक्तनलीसम्बन्धी रोग विभिन्न प्रकारका छन्। जस्तै : कोरोनरी मुटुरोग र हृदयाघात, मुटुको बाथरोग, जन्मजात हुने 
मुटुको रोग, उच्च रक्तचाप, मस्तिष्कघात आदि। कोरोनरी मुटुरोग र हृदयाघात आजका जल्दाबल्दा समस्या हुन्। रोगको पहिचान र उपचार पद्धतिमा भएको ठूलो प्रगतिका बाबजुद अझै पनि एकतिहाइभन्दा बढी मानिसको पहिलो हृदयाघातमा नै मृत्यु हुन्छ। केही दशकअगाडिसम्म बुढ्यौली र धनी मानिसको रोग भनेर चिनिए पनि अचेल युवा उमेरका, मध्यम र निम्न आर्थिक अवस्था भएका मानिसमा समेत यो रोग देखिन थालेको छ।

तीतेकरेलाको सेवनबाट हुने फाइदा: जानी राखौ |



तीतेकरेलाको सेवनबाट हुने फाइदा:

खानामा रुचि बढाउँछ । खाएको कुरा राम्ररी पचाउँछ । पेट सफा राख्दछ । कब्जियत हुन दिँदैन । पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई हटाउँछ । रगत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ । मधुमेह रोगीलाई इन्सुलिनको काम गर्छ । यसले छालासम्बन्धी विभिन्न रोगजस्तै छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ । यस्तै हात खुट्टाका जोर्नी दुख्ने वा बाथ रोग भएको, पिसाब पोल्ने, पत्थर भएका, अम्लपित्त, हैजाजस्ता रोगमा करेलाको सेवनबाट फाइदा गर्छ । यस्तै तीतेकरेलालाई उमाल्दा यसमा एन्टिअक्सिडेन्ट उत्पन्न हुन्छ, जसले क्यान्सरको सम्भावनालाई घटाउँछ ।
औषधिको रूपमा:-