मुख्य पृष्ठ

Friday, February 22, 2013

गजल - देउराली बिशेष

गजल :- 

मानिस जहाँ पुगे पनि र जहाँ भए पनि आफ्नो मातृभूमिको त माया हुन्छ नै यसैले मेरो गाउ देउराली को बारेमा कोरेको एउटा गजल हजुर हरु लाइ पस्केको छु |
आउन साथी संगै हिडौ देउरालीको बाटो हुदै
मेला पात जाँदा हामि कुल्चिएका माटो हुदै |

जिन्दगिमा मरी गए के नै लाने कसले हो र
हाँस्दै खेल्दै चौतारीमा माया जालको पाटो हुदै ||
 रिस राग किन हामि कुरा थिए साना तिना
चल्नु पर्छ सल्लाहले किन टाढा फाँटो हुदै |

समयको माग संगै चल्नु हाम्रो बाध्याता हो
हुनु पर्छ चंखी चोर चल्न गाह्रो लाटो हुदै |

कुरा सुन्नु मान्यजन् को विचमा नै किन बोल्नु
आफुमा नै भरोसा खै नसिकाउनु बाठो हुदै ||

संजय कुमार खड्का 
हाल : साउदीअरब 
रामेछाप देउराली


No comments: